१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तिनजनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी

रामेछाप । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार […]

मुख्‍य समाचार

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी, १८ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, […]

मुख्‍य समाचार

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाडौं । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । […]

मुख्‍य समाचार लुम्बिनी समाज

ऋषिकेश धार्मिक पर्यटकीय गन्तव्य बन्दै

तानसेन पाल्पा, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र ९रिणी०मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल प्रहरीका पाँच जनाको प्रहरी नायब महानिरीक्षकमा पदोन्नति

काठमाडौँ, १८ कात्तिकः सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा भूपेन्द्रबहादुर खत्री, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

जेन–जी आन्दोलनका ४५ जना मृतकलाई सहिद घोषणा, सुची सहित

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका शहीदहरु १. बुद्धिबहादुरतामाङ, किर्तिपुर–२काठमाडौं २. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर ३.सुलभराज श्रेष्ठ, […]

बागमती मुख्‍य समाचार समाचार

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा खेत जोत्न हाते ट्याक्टर, प्रविधिमैत्री बन्दै कृषक

बाजुरा । पछिल्लो समय बाजुरामा खेत जोत्न हाते ट्याक्टरको प्रयोग गरिदैँ आएको छ । यहाँका ९ वटै स्थानीय तहका अधिकांस कृषकहरुले हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् । पहिले–पहिले गोरुको भरमा खेती गर्ने यहाँका कृषकहरु अहिले नयाँ प्रविधिको प्रयोगबाट खेती गर्न थालेका हुन् । गोरुको सहायताले खेतबारी जोत्न बढि समयको खर्च हुने हुँदा समयको […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो ६५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु सेतो प्रतिकिलो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताएकी छन् । महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादित रोजगारीका सम्बन्धमा गरिएको अध्ययनका बारेमा छलफल गर्न आयोजना गरिएको साझेदार बीचको बैठकमा उनले यस्तो बताएकी हुन् । […]

खेलकुद बागमती मुख्‍य समाचार

मिस्टिक माउन्टेन टेनिस आजदेखि हुँदै  

काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आजबाट हुँदै छ । सोमबार सबै तयारी पूरा भएको प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ । प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ […]