२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

पञ्चेश्वरदेखि सदरमुकामको दूरी छोटियो

बैतडी, १८ कात्तिकः महाकाली करिडोरको ट्र्याक खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ । करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो ।

उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, करिडोर अन्तर्गत अर्तोलीको कडा चट्टान काटिएसँगै सदरमुकाम आवतजावतको दूरी छोटिएको छ । यसअघि आठ घण्टा लाग्ने गरेकामा अबदेखि दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ ।

उक्त चट्टान काटिएसँगै वडा नं ५ गिरेगडा र वडा नं ६ रोडिदेवल पालिका केन्द्र कुँलाउसँग जोडिएको छ । ट्र्याक खुलेसँगै वडा नं ५ र ६ पनि गाउँपालिकाको केन्द्रसँग सडक जोडिएको छ ।

सडक निर्माण नहुँदासम्म गाउँपालिका–५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न समस्या थियो । सडक निर्माण भएपछि अब स्थानीयलाई पालिकामा पुग्न सहज भएको अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले भने, “सडक जोडिएसँगै वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । योसँगै सबै वडा पालिकाका केन्द्रसम्म जोडिएका छन् । पालिका पुग्न पनि घण्टौँ हिँड्ने नागरिक अब गाडीमा छिटो पालिका पुग्नेछन् ।

गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका हुन् । महाकाली करिडोर कञ्चनपुर–डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पर्दछ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको