२४ असार २०८३, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार

दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौलागाई

काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरुलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरुले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व शहीद परिवारले लिने दाबी गरेका हुन् । उनले आन्दोलनमा गोली चलाउन आदेश दिनेहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनेसमेत बताए […]

मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका घाइतेहरु भन्छन् : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ ?

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेनजी आन्दोलनमा घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् । उनले सोमबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

मुख्‍य समाचार राजनीति समाचार

बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्। उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी

विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर […]

मुख्‍य समाचार विशेष समाचार समाचार

विपद्मा नेपाली सेना: बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा […]

मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीपहिरोले कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा राजमार्ग तथा प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशमा ८ र बागमती प्रदेशमा ११ ठाउँमा सडक आवागमन बन्द भएको नेपाल प्रहरीले जानकारी दिएको छ। कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न भेगमा पहिरो झरेको छ। सडक कटान […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

सडक अवरुद्धपछि अलपत्र यात्रुलाई भैरहवाबाट काठमाडौं चार्टर्ड फ्लाइटमार्फत ल्याइँदै

रुपन्देही । अविरल वर्षाका कारण सडक अवरुद्ध भई भैरहवामा अलपत्र परेकाहरूलाई काठमाडौं ल्याउन नेपाल वायुसेवा निगम -नेपाल एयरलाइन्स_ को चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ। स्थगित उडान आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। आइतबार राति नै उडान गराउने तयारी भए पनि आवश्यक समन्वय नपुगेका कारण […]

मुख्‍य समाचार समाचार समाज

एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सडकमा यात्रुहरुको चापलाई मध्यनजरगरी पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य गरिरहेको जानकारी दिएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको जानकारी दिएको हो । […]

खेलकुद मुख्‍य समाचार

टि ट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार

काठमाडौं ।  घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो । वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो । […]

मुख्‍य समाचार समाचार समाज

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ । सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो । विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् । यस्तै, […]

मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा

जनकपुर । धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ । निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ । दुबैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । केही दिन […]