२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ । शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए । नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण  सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ । सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रबार प्रतितोला मूल्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ, २४ असोजः नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए। उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट […]

मधेश मुख्‍य समाचार समाचार समाज

टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो । प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर, उनका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, २४ असोजः सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ […]

बागमती मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज बस्दैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

लागुऔषध नियन्त्रण तथा पुनस्र्थापना अनुगमन समितिले गर्यो सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण तथा पुनस्र्थापनाको अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए । अनुगमन टोलीका अनुसार सिआन पुनस्र्थापना केन्द्रले सधैंजसो […]

मधेश मुख्‍य समाचार समाचार

सर्लाहीमा बाढीले बगाएको हुलाकी सडकखण्डमा बनाइयो डाइभर्सन

सर्लाही । अविरल वर्षासँगै आएको बाढीले बगाएर अवरुद्ध बनेको सर्लाहीको कौडेना गाउँपालिका – ३ स्थित हुलाकी सडकमा अस्थायी डाइभर्सन निर्माण भएपछि बिहानदेखि सवारी सञ्चालन सुरू भएको छ । गत शनिबार राति परेको भारि वर्षाले लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका – ३, पर्सा गाउँ नजिक करिब १५० मिटर पक्की सडक बगाएको थियो । त्यसपछि सर्लाहीको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति

काठमाडौं । इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिका लागि सहमति भएको ढाँचा स्वीकृत गरेको छ ।’ यो प्रस्तावलाई पर्याप्त मत प्राप्त […]