१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ ।

मधेश मुख्‍य समाचार समाचार

चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै

जनकपुर । हरिहरक्षेत्र मिथिला चौरासी कोष संकिर्तन परिक्रमा टोली जनकपुरधाम आउने भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा पत्रकारसम्मेलन गर्दै जानकी मन्दिरुका छोटे महन्त राम रोशन दासले उक्त परिक्रमा टोली जनकपुरधाम आउने पक्का भएको जानकारी दिए । महन्त दासका अनुसार कार्तिक २९ गतेदेखि सुरु हुने पाँच दिवसीय संकिर्तन परिक्रमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा पनि आउने भएको […]

बागमती मुख्‍य समाचार समाचार

आज देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् । कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त

सर्लाही ।  मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो। पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरुले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । उनीहरुले आगामी निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्न सुझाव दिएका छन् ।   ट्रेड युनियन कांगे्रसको गत कार्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरु नेता डा. कोइरालालाई बुझाउँदै कांग्रेसको चालु बैठकबाट सम्बोधन […]

कोशी मुख्‍य समाचार समाचार समाज

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

मोरङ २७ कात्तिकः कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ […]

बागमती मुख्‍य समाचार समाचार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

काठमाडौँ, २७ कात्तिकः लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु प¥योः मुख्यमन्त्री बानियाँ

दोलखा, २७ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए। दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए । उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको […]