१४ आश्विन २०८३, बुधबार
कोशी मुख्‍य समाचार राजनीति समाचार

इनरुवा–३ का मतदाता भन्छन्ः ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

इनरुवा सुनसरी, १६ मङ्सिरः सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मी समेत परिचालन गरेको छ । निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचानका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् भने सुनसरीको विभिन्न […]

बागमती मुख्‍य समाचार समाचार

नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको नौ अर्ब ६३ करोड लगानी

काठमाडौँ, १६ मङ्सिरः मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् । नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका […]

गण्डकी मुख्‍य समाचार समाचार

वडास्तरबाटै आयोजना सम्झौता भएपछि समय र खर्चको बचत

म्याग्दी, १६ मङ्सिरः भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामस्तरबाटे आयोजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधिकारी र सदस्यको झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । घुम्ती शिविर आयोजना गरेर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा कार्यालयमा पुगेर उपभोक्ता समितिसँग आयोजना सम्झौता गर्न थालेका हुन् । धवलागिरि–४ मुदीमा सोमबार […]

कोशी मुख्‍य समाचार समाचार समाज

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर, १६ मङ्सिरः भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध साइबर क्राइम सम्बन्धी सचेतना फैलाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो । प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सुरु गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताए । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ, १६ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ । पराजित […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

मुस्ताङ, १६ मङ्सिरः हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको पाइएको छ । प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनिया लगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ । हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय […]

मधेश मुख्‍य समाचार समाचार

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

जलेश्वर महोत्तरी, १६ मङ्सिरः जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन् । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन् । अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौँ, १६ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बुवाले दोस्रो बिहे गरेपछि घर छाडेका विराजको कथा

काठमाडौँ । १४ वर्षका विराज नाथ बाल्यकालदेखि जीवनका कठिन परिस्थितिहरूसँग जुझ्दै आएका थिए। उनी ९ कक्षामा पढ्दै गर्दा साथीहरूको लहलहैमा काम खोज्ने भनी भारतको हरियाणा पुगे। विराज डेढ वर्षको हुँदा आमा बितिन् र बुवाले दोश्रो बिहे गरे। भाइसहित परिवारमा चार जना भए पनि घरमा आफूलाई माया र सम्मानको अनुभूति नभएकोले विराजको मन घरमा अटाउन सकेन। […]

गण्डकी मुख्‍य समाचार समाचार

बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी, १६ मङ्सिरः बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६।५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना

काठमाडौं । वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन् । जसले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ । प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

योग्यकर्ता इन्डोनेसिया, १६ मङ्सिरः यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा […]