१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर २०१ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउँदै छन् । शपथ ग्रहण आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ । केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार विज्ञप्तिमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा ५ रुपैयाँ अब घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो छ आजको मौसम

काठमाडौँ, १२ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित […]

मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमानसिंह राउतले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले संविधान र कानूनका अगाडि सबै समान र सबैको समान संरक्षण भन्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार

होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग

काठमाडौं । पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ। पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ । विभागका अनुसार बढ्दो वातावरणीय सचेतना र दिगो विकासको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो

सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिए । इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरुको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील […]

बागमती मुख्‍य समाचार राजनीति

ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका हुन् । उनले भने, ‘ट्रेड युनियनको विषयमा धेरै कुरा आएको छ, खारेज गर्ने भन्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै […]

कोशी मुख्‍य समाचार समाचार समाज

इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

विराटनगर । सुनसरीको इटहरीस्थित न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं । हालै काठमाडौंको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप […]