७ पुष २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आहा आलिताल

अमरगढी डडेल्धुरा, ६ पुस : पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, ६ पुस : घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइल मार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको भन्दै नयाँ पुस्ता शक्तिको पक्षमा उभिने आँट गर्यो भने लडाइ […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रका लागि अलग्गै मन्त्रालय आवश्यक छ’

काठमाडौं । स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएको भन्दै ध्यान र योगको आवश्यकता झन् बढेको बताएका छन् । आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरे । उनले भने, ‘मैंले देखिरहेको छु, जुन राष्ट्र आर्थिक रूपमा जति समृद्ध हुन्छ, […]

बागमती मुख्‍य समाचार समाचार

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको […]

गण्डकी मुख्‍य समाचार समाचार

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा, ६ पुस : गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य […]

गण्डकी मुख्‍य समाचार समाचार

मौन पीडामा रहेकी कालिमायाको याचना

दमौली तनहुँ, ६ पुस : यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य हुनुहुन्छ झलक विक । छब्बीस वर्षीय उहाँका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्नुहुन्न । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्यछन् । सौच […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी, ६ पुस : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३÷७४ देखि योजना सुरु भएको थियो […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो । नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ […]

बागमती मुख्‍य समाचार समाचार समाज

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रेपलाञ्चोक, ६ पुस : राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तक्र्रिया थालेको छ । भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी […]

कोशी मुख्‍य समाचार समाचार समाज

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

पथरी मोरङ, ६ पुस : उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उनले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी […]