१६ चैत्र २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

कालिकोटमा नेकपाका शाहीको चौथो जित

सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । उनमा निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले विजयी भए । नेकपा एमालेका नगिन्द्र शाहिले १० हजार ३५२ मत पाए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् । विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं । मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् । पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् । रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो

काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् । अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् । एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन् । नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम

काठमाडौं । ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् । मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार १७३ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

चितवन २ : रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो

काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् । १४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १५५७ मत ल्याएका छन् ।

जुम्लामा राप्रपाको अग्रता, नेकपाले पछ्याउँदै

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । तीनसय मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् । सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् । झापा क्षेत्र नं. ५ मा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौ– १० मा रास्वपाका विष्ट अगाडि

कीर्तिपुर काठमाडौँ, २२ फागुनः त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् । हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका […]

बागमती मुख्‍य समाचार समाचार

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २२ फागुनःजल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ […]