७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौँ, ६ पुसः गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ । पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

धेरै दौंतरी विदेशिए, महाँचन्द्र तरकारी खेतीबाटै मासिक डेढ लाख कमाउँदैछन्

बाजुरा । कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् । उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, ६ पुसः प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु […]

मधेश मुख्‍य समाचार समाचार समाज

बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । […]

गण्डकी मुख्‍य समाचार समाज

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी, ६ पुसः रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् । सोवाङ धुरी घुम्न […]

बागमती मुख्‍य समाचार समाचार

ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् । आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान […]

बागमती मुख्‍य समाचार समाचार

परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आहा आलिताल

अमरगढी डडेल्धुरा, ६ पुस : पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, ६ पुस : घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइल मार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको भन्दै नयाँ पुस्ता शक्तिको पक्षमा उभिने आँट गर्यो भने लडाइ […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रका लागि अलग्गै मन्त्रालय आवश्यक छ’

काठमाडौं । स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएको भन्दै ध्यान र योगको आवश्यकता झन् बढेको बताएका छन् । आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरे । उनले भने, ‘मैंले देखिरहेको छु, जुन राष्ट्र आर्थिक रूपमा जति समृद्ध हुन्छ, […]