१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौँ, २४ पुसः राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए । समितिले उक्त छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर […]

बागमती मुख्‍य समाचार समाचार

सचिन र भावनालाई एनआरएनएको पूर्ण छात्रवृत्ति, ६ बर्ष एमबीबीएस पढ्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनएए) र एसियन इन्टरनेशनल युनिभर्सिटीबीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको समझदारीको औपचारिक रूपमा घोषणा गरिएको छ । विहीबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनओ सम्मेलनको अवसरमा भएको उक्त […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।

मधेश मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्यानो कपडा वितरण

वीरगञ्ज पर्सा, २४ पुस : सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरुका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री

काठमाडौँ, २४ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज यहाँ आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सहकारी क्षेत्रमा नेपालको उपलब्धि छिमेकी देशभन्दा अगाडि : बडाल

काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले अत्यन्त अल्पसंख्यक समुदायसम्म पुगेर सहकारी क्षेत्रमा नयाँ जागरण र गति ल्याउन सफल भएको बताएका छन् । संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारी आन्दोलनमा महिलाको भूमिकालाई विशेष रूपमा उल्लेख गरे । उनले भारतसहित दक्षिण एसियाली मुलुकहरूको सहकारी […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

भारतीय चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक, यशको डरलाग्दो अवतार

काठमाडौं । भारतीय अभिनेता यश अभिनीत प्रतीक्षित फिल्म ‘टक्सिकको टिजर सार्वजनिक भएको छ । रकिङ स्टारका रूपमा परिचित यशको बिहीबार परेको जन्मदिनका अवसरमा उक्त टिजर सार्वजनिक भएको हो । ‘टक्सिक’ को एक्सनप्रधान टिजर युट्युबमा रिलिज भएको छ । २ मिनेट ५१ सेकेन्डको टिजर धमाकेदार र स्टाइलिस देखिन्छ । सार्वजनिक टिजरले उनको ’राय’ नामक पात्रको परिचय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौँ, २४ पुसः नेपाल कम्युनिष्ट पार्टी एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेका काठमाडाँै जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा […]

बागमती मनोरन्जन मुख्‍य समाचार

तामाङ भाषामा निर्मित चलचित्र ‘ह्वाङ तामाङ’ काठमाडौंमा विशेष शो सहित प्रदर्शन

काठमाडौं । तामाङ भाषामा निर्मित बहुप्रतिक्षित चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ । जिम्बा फिल्म प्रोडक्सनको चौधो प्रस्तुति भएको यो चलचित्रको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड र अष्टनारायण हल, काठमाडौंमा यहि पुष २६ गते सनिवार आयोजना गरिँदै छ । निमा लामा तामाङले निर्देशन गरेको चलचित्रमा तामाङ […]

बागमती मुख्‍य समाचार समाचार समाज

टोखा नगरपालिकाको ९ नम्बर वडामा एक वडा, एक पार्क नीति कार्यान्वयन

काठमाडौं । टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क अनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५% काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको […]

मधेश मुख्‍य समाचार समाचार

जलेश्वरको करदाता सेवा कार्यालय खारेज

जनकपुरधाम, २४ पुसः महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए ।