१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौँ, २५ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशन समेत दिएको छ । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन बागलुङ, २५ पुस : ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ, २५ पुस : निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् । बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए । उनले भने, ‘अब हामीले आफ्नो […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

परम्परागत कर्मचारीतन्त्र र कानूनी झन्झट विकासको बाधक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानूनी संरचना विकासको बाधक भएको बताएका छन् । कानूनी झन्झट र परम्परागत कर्मचारीतन्त्र यथावत् रहेसम्म नागरिकले अपेक्षाकृत विकासका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध÷प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख

काठमाडौं । थापाथलीमा रहेको द ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख देखिएको छ । कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् । विद्यार्थीहररु आफूहरूमाथि शिक्षाको नाममा ठगी भएको भन्दै सामाजिक सञ्जालमा सक्रिय रुपमा विरोध जनाइरहेका थिए । तर शिक्षा मन्त्रालयले कलेज प्रशासनलाई एक […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी बाँके, २४ पुसः जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई […]

बागमती मुख्‍य समाचार समाज

निषाद जातिको रिटमा लिखित जवाफ माग

काठमाडौँ, २४ पुसः सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह– २०८२ आयोजना गर्ने भएको छ । बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको जानकारी दिए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

काठमाडौं । नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनले भने, ‘नेपाली […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने

नारायणगढ, चितवन, २४ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, उनीसँग सरकारमै रहेको समयमा हामीले सहमति गरेका थियौंँ । अब […]