१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

काठमाडौँ, २५ पुसः नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य व्यवस्थापनका लागि ऐतिहासिक पहलस्वरूप नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकाले तल्लो कर्णाली नदीमा पहिलो मत्स्य अभयारण्य संयुक्त रूपमा घोषणा गरेका छन् । उक्त मत्स्य अभयारण्य करिब तीन दशमलव नौ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु

काठमाडौं । पोखरामा शुक्रबार(आज)देखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औं बैठक बस्दैछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

काठमाडौँ, २५ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन […]

बागमती मुख्‍य समाचार समाचार

मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा […]

मधेश मुख्‍य समाचार समाचार समाज

स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्। घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं । नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् । २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । […]

मुख्‍य समाचार लुम्बिनी समाचार

देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा

रूपन्देही। मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हाे। देवदह नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रम लमजुङ शाखाद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

लमजुङ । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको महाअभियानमा जुटेको मानवसेवा आश्रम लमजुङ शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। दान, चन्दा र विभिन्न सहयोग मार्फत शाखाले ४४ लाख ५७ हजार ६ सय ८ रुपैयाँ कुल आम्दानी गरेको छ ।आश्रम सञ्चालन, प्रशासनिक र कर्मचारी खर्च लगायतमा कुल ३९ लाख ३७ हजार ३ सय […]

बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा समुदाय लक्षित मनोपरामर्श सेवाकेन्द्र सञ्चालनमा

काठमाडौँ। मानसिक स्वास्थ्य सेवालाई समुदायको सहज पहुँचमा पुर्‍याउने उद्देश्यसहित मानवसेवा आश्रमले समुदाय लक्षित मनोपरामर्श तथा मनोवैज्ञानिक सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ। सेवाकेन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। मानवसेवा आश्रमले नेशनल प्रोग्राम सेन्टरका निर्देशक तथा विगत दुई दशकदेखि मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. सुशील कँडेलको नेतृत्व र सहकार्यमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा बोल्दै डा. […]