१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘स्वदेशी स्रोतसाधनको प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका छन्’

काठमाडौँ, ३० पुस : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ

लेखनाथ कास्की, ३० पुसः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दल आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । युनाइटेड क्लब पोखरा महानगरपालिका–१० ले सोमबारदेखि आगामी माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४औँ सस्करणको पोखरा महोत्सवको सोमबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाज

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

दमौली तनहुँ, ३० पुसः माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ, ३० पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका ९एकलसहित० उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शंकर तिवारी भन्छन् – कांग्रेसलाई कांग्रेसबाटै खतरा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक ‘चौबाटोमा चारतारा’ विमोचन गर्दै सो विचार राखेका हुन् । उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेनजी आन्दोलनमा कांग्रेस नबद्लिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाबाट नासोको रुपमा प्राप्त भएको देशलाई समृद्ध र सबल रुपमा भावी पुस्तालाई जिम्मा लगाउनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले […]

बागमती मुख्‍य समाचार समाचार

जिल्ला प्रशासन कार्यालय रामेछापको प्रयास : गाउँ–गाउँमा सार्वजनिक सुनावाई

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सो कार्यालयले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन गाउँ–गाउँमा सचेतना कार्यक्रमका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ । सेवा लिने नागरिकलाई सेवा लिन सहज बनाउने तथा सेवा सिफारिस गर्ने कार्यालयलाई पनि सिफारिस गर्न सहज बनाउने र नागरिकका गुनासो सुन्ने उद्देश्यले कार्यालयले यस्ता कार्यक्रम आयोजना गरेको हो । सोही […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

कांग्रेसकाे विशेष महाधिवेशन : मनोनयनमा आउन सभापति देउवालाई आब्हान

काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् । उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आब्हान समेत गरे । मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए । नयाँ नीति र नेतृत्व […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

नारायणगढ चितवन, २९ पुसः देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७० आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा, २९ पुसः विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ, २९ पुस :सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ । ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार भन्नेजस्ता […]