१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुर नवलपरासी, ३० पुस : गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प […]

मुख्‍य समाचार लुम्बिनी समाचार

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

घोराही दाङ, ३० पुसः यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका […]

बागमती मुख्‍य समाचार समाचार समाज

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ। प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२÷११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई […]

बागमती मुख्‍य समाचार समाचार

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्। एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो। उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन्। महासचिव पदमा भुसाल समूहका भवनाथ […]

बागमती मुख्‍य समाचार समाचार समाज

माघे संक्रान्तिले बढायो तरुलको कारोबार

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार तीव्र बनेको छ । विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग बढेपछि पुष मसान्त सम्म कन्दमुलको आगमन उल्लेख्य रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्तामात्रै करिब ८०० देखि ९०० टन तरुल […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्। मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्ने भएका छन्। बुधबार संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । आज बिहान ११ः३० बजे बस्ने गरि विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ। समितिको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो। विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यो विद्रोह हो, प्रश्न गर्नु पनि विद्रोह हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् । मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे । ‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित उक्त अभियान सञ्चालन भइरहेको छ। माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी […]