१७ असार २०८३, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो

विराटनगर, १७ पुसः कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३।९ प्रतिशत पुगेको छ । कोशी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्याङ्कअनुसार कुल ४७ हजार ९५८ सहभागीमध्ये २५ […]

बागमती मुख्‍य समाचार समाचार

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर, १७ पुसः ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको […]

बागमती मुख्‍य समाचार समाचार

हिट एण्ड रन नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ चितवन, १७ पुसः पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने हिट एण्ड रन०का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार

नीय उत्पादन किनबेच र भेटघाटको थलो बन्दै रामेछाप हाट

रामेछाप । यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाट–बजारहरु बिस्तारै हराउँदै जान लागेका छन् । गाउँ गाउँमा लाग्ने हाटबजार र मानिसहरूको जमघट हिजो आज कम मात्रै देखिन लागेको छ । धेरै ठाउँमा हाटबजार लाग्न छाड्दा पनि रामेछापको रामेछाप बजारमा दशकौँदेखि लाग्दै आएको हाट भने अहिले पनि निरन्तर लाग्दै आएको छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सुशासन कायम गर्दै निष्पक्ष निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ । बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् । यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर, १७ पुसः नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

काठमाडौं । बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी […]

बागमती मुख्‍य समाचार समाचार समाज

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथाङ्का सङ्खुवासभा, १७ पुस : सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथाङ्का बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको […]

गण्डकी मुख्‍य समाचार समाचार

महिलालाई आयआर्जनमा लगाउन पञ्चेबाजा सिकाइँदै

म्याग्दी बेनी, १७ पुसः म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत कला, संस्कृति र बाजाको संरक्षण गरी आयआर्जनमा जोड्ने उद्देश्यसहित ‘परम्परागत पञ्चेबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । बुधबारदेखि सुरु भएको परम्परागत पञ्चे बाजा बजाउने तालिममा वडाभित्रका विभिन्न आमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार

मानवसेवा आश्रम नेपालगञ्ज शाखाको आयव्यय विवरण सार्वजनिक

नेपालगञ्ज। मानवसेवा आश्रम नेपालगञ्ज शाखाले आर्थिक वर्ष ०८१/०८२ को आयव्यय विवरणसहित प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्श नगरस्थित शाखाको प्राङ्गणमा सरोकारवाला निकाय, सहयोगी दाता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र आश्रमका अभिभावकहरूको उपस्थितिमा साे कार्यक्रम सम्पन्न हाे । कार्यक्रममा आश्रमले आफ्नो एक वर्षभरि आयव्यय विवरणसँगै, सम्पन्न सेवा गतिविधि, उद्धार तथा पारिवारिक पुनर्मिलन सेवा […]

गण्डकी मुख्‍य समाचार समाचार

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

म्याग्दी, १७ पुस : तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको […]