१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

युवा परिषद्का उपाध्यक्ष बस्नेतद्वारा श्वेतपत्र सार्वजनिक, ३५ उल्लेखनीय उपलब्धी

काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको अवसरमा परिषदले गरेका काम, उपलब्धि र आगामी कार्यदिशा समेटिएको श्वेतपत्र सार्वजनिक गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ पौष २१ मा उपाध्यक्ष नियुक्त भएका बस्नेतले खुला प्रतिस्पर्धाबाट छनोट भई जिम्मेवारी सम्हालेका थिए । उनले सीमित स्रोत–साधनका बाबजुद युवालाई ‘भविष्यका […]

मधेश मुख्‍य समाचार समाचार

हत्या गरिएका वनपालेको टाउको फेला

बरहथवा सर्लाही, २० पुसः सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको […]

बागमती मुख्‍य समाचार समाचार

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै

काठमाडौँ, २० पुसः कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो । कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् । आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् । उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो ।

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो । वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास […]

कोशी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम विराटनगरद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

विराटनगर । मानवसेवा आश्रम विराटनगर शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक सेवा प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। विराटनगर महानगरपालिका वडा-५, धनियाँटोलस्थित आश्रम सभाहलमा आयोजित कार्यक्रममा संस्थाले एक वर्षको आय–व्यय र सेवा गतिविधिहरूलाई सार्वजनिक गरेकाे हाे । आर्थिक विवरण अनुसार गत आर्थिक वर्षमा जम्मा १ करोड १८ लाख ८२ हजार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गिरफ्तार गरिएका एक हजारबढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन

काठमाडौं । जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

दाङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए । दाङ क्षेत्र नम्बर–२ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गरे । ११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड

काठमाडौं । पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् । जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरुको धारणा छ । नेपाल न्यूज बैंकले केही युवाहरुसँग लिएको प्रतिक्रिया अनुसार देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पूराना दलबाट सम्भव नभएको उनीहरुको धारणा छ । बसन्तपुरमा […]

गण्डकी मुख्‍य समाचार समाचार

रजत जयन्तीको अवसरमा धम्पुस पैंगीला परिवारद्वारा आश्रमलाई आर्थिक सहयाेग

पोखरा । माछापुच्छ्रे गाउँपालिका–०७, धम्पुसस्थित धम्पुस पैंगीला परिवारले आफ्नो रजत जयन्तीको विशेष अवसरमा मानवसेवा आश्रम हेम्जा शाखामा भोजन सेवाका लागि आर्थिक सहयोग प्रदान गरेको छ। उक्त अवसरमा पैंगीलामा परिवारले बिहानको विशेष भोजन सेवाका लागि नगद  ४० हजार  र आश्रम व्यवस्थापनका लागि सम्पूर्ण गुरुङ परिवारको तर्फबाट १२ हजार ६सय ७५ रूपैयाँ प्राप्त भएकाे छ । यस मानवीय सेवामा उपस्थित […]