१७ असार २०८३, बुधबार
मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक

गुल्मी, २१ पुस : लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौँ, २१ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ क […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

कोशी मुख्‍य समाचार समाचार

श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ, २१ पुस : यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो । लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

गण्डकी, २१ पुस : नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौँ, २१ पुस : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन् । आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् । प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको दाबी गरे । उनले युवाहरू ठूलो संख्यामा विदेश […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाले सातजनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो । केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए […]

बागमती मुख्‍य समाचार समाचार

नाटाले स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको छ : अध्यक्ष थपलिया

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवद्र्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन् । नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको […]

मधेश मुख्‍य समाचार समाचार समाज

धार्मिक सद्भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ । पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपीलमा फेसबुक, […]

गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम हेम्जा शाखाद्वारा एकजना बेवारिसे पुरुषकाे उद्धार

पाेखरा । शनिबार फेदीखोला गाउँपालिका-१, स्याङ्जाबाट ४६ वर्षीय रामचन्द्र शर्मा नामक पुरुषलाई मानवसेवा आश्रम कास्की शाखाको उद्धार उद्धार गरेकाे छ । नेपाल प्रहरी, स्थानीयबासीकाे समन्वयमा उद्धार गरी उनलाई हेम्जा शाखाकाे संरक्षणमा राखिएकाे छ । उद्धार पश्चात उनकाे प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आश्रमले सम्मानपूर्वक जीवनयावनका लागि वातावरण उपलब्ध गराएकाे छ । मानवसेवा आश्रमले उनको पारिवारिक पुनर्मिलनका लागि पहल सुरु […]