१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

राजनीतिक लक्ष्य प्राप्तीका लागि सरकारले ठेक्का तोड्दैछ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक लक्ष्य प्राप्तीका लागिमात्र सरकारले ठेक्का तोडेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार महासंघ सेजनले आयोजना गरेको पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक लक्ष्य प्राप्तीका लागि ठेक्का जसरीपनि तोड्ने अभिव्यक्ति दिएको आरोप लगाए । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले […]

बागमती मुख्‍य समाचार समाचार

ललितकलामा भिडियो आर्ट इन्स्टलेसन कार्यशाला

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ नक्सालमा सुरु भएको छ । कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका छन् । उनले भिडियो आर्ट इन्स्टलेसनमा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो […]

बागमती मुख्‍य समाचार समाचार

रेशम उद्योगबाट देशको जीडीपीमा राम्रो आम्दानीको सम्भावना छ : अध्यक्ष पोखरेल

काठमाडौं । ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योगबाट देशको जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने […]

मधेश मुख्‍य समाचार समाचार

वीरगन्जका मुख्य क्षेत्रहरूमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछापको मन्थलीमा पानीजहाजमा सरर : तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

रामेछाप । अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ । नदीको सतह चिर्दै पानी माथि ठुलो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गरेकी हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ । उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन

काठमाडौँ, २१ पुसः गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा […]

कोशी मुख्‍य समाचार समाचार

धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

धनकुटा । नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ । आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए । […]