मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो। पक्राउ […]











