२ भाद्र २०८३, मंगलवार
राजनीति

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ककस्ले दिए उम्मेदवारी ?

१० भदौ, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको स¬ङ्घीय संसद् सचिवालयले जनाएको छ । […]

राजनीति

कोशीमा बजेट शून्यता, सरकार पनि सर्वोच्च जाने तयारीमा

१० भदौ, विराटनगर । कोशी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो । तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदको बजेट अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याएका थिए । त्यसपछि विश्वासको […]

राजनीति

सन्दीपविरुद्धको बलात्कार मुद्दाले आज पनि पालो पाएन

१० भदौ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको […]

मुख्‍य समाचार राजनीति

आरजु राणाले दिइन् कृषि समितिको सभापतिमा उम्मेदवारी

१० साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रमुख दहरुले प्रतिनिधिसभाका १० र […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

१० भदौ, गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति

१० भदौ, ढोरपाटन । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत […]

मुख्‍य समाचार समाज

ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

१० भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको […]

राजनीति

सबै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण

१० भदौ, काठमाडौं । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ । सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दैछ । दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं […]

मुख्‍य समाचार समाज

लगातारको झरी आजदेखि कम हुँदै जाने

१० भदौ, काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू-भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार […]

समाज

सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद, आजदेखि सुनुवाइ हुने

१० भदौ, काठमाडौं ।   क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको भन्‍दै पुन: सुनुवाइ हुने भएको हो । उनले पेश गरेका सबै कागजात शंकास्पद रहेको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि

९ भदौ, काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएल) पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला […]

प्रदेस समाचार समाज सुदूरपश्चिम

देउडाले गुञ्जायमान सुदूरका बस्ती

९ भदौ, दोधारा चाँदनी । सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा […]