१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

आरजु राणाले दिइन् कृषि समितिको सभापतिमा उम्मेदवारी

१० साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् ।

आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागवण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा आइतबार दलहरुले उम्मेदवारी दिइरहेका छन् । कांग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समिति र अर्थ समितिमा कांग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्