८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, १ पुस : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड […]

बागमती मुख्‍य समाचार समाचार

दुई दिने ‘स्पटमोसन एनिमेसन’ कार्यशाला हुँदै

काठमाडौँ, १ पुसः युक्रेनका फिल्म निर्माता पोलिना पिड्दुब्नाले काठमाडौँमा दुई दिने स्पटमोसन एनिमेसन कार्यशाला आयोजना गर्ने भएको छ । एनिमेसन भिडियोहरु बनाउने र सोमार्फत मानव संवेदनालाई उजागर गर्ने हेतुले कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । कार्यशाला यही पुष १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा हुनेछ । सहभागीहरूको सिर्जनासँगै कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौँ, १ पुस:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन, यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताएका छन् । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियानको सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले पूर्णरूपमा स्वस्थ्य र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको […]

बागमती मुख्‍य समाचार समाचार

सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा

चितवन, १ पुस : पोखराका व्यवसायी पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै चितवन आएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ, १ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना […]

बागमती मुख्‍य समाचार समाचार

डिजिटल अधिकार सम्बन्धी एकदिने सम्मेलन सुरु

काठमाडौँ, १ पुसः डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र डिजिटल फ्रिड्मलगायतका संस्थाको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग प्रयोगमार्फत मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षासम्बन्धी छलफल गरिएको हो । सम्मेलनको उद्घाटन गर्दे सर्वोच्च अदालतका न्यायाधीश डा नहकुल सुवेदीले डिजिटल अधिकारको मुद्दा प्रविधिकोमात्र नभइ राज्यकोसमेत भएकाले राज्य तहबाटै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् । मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक […]

बागमती मुख्‍य समाचार समाचार

बिलबिजक नभएको सामानसहित पक्राउ

काठमाडौँ, १ पुस ः बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा […]

गण्डकी मुख्‍य समाचार समाचार

चार लेनको मादी पुल अन्तिम चरणमा

दमौली तनहुँ, १ पुस : मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, १ पुस : बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ । खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने […]

बागमती मुख्‍य समाचार समाचार

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन, १ पुसः नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका […]

मधेश मुख्‍य समाचार समाचार समाज

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी, १ पुसः मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० […]