१ भाद्र २०८३, सोमबार
खेलकुद

२०२८को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने

26 असोज, काठमाडौं । सन् २०२८ मा अमेरिकामा हुने एलए ओलम्पिकमा क्रिकेट समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को कार्यकारी बोर्डले शसक्रबार मुम्बईमा क्रिकेटसहित पाँच खेल २०२८ को ओलम्पिकमा समावेश गर्ने आयोजकको प्रस्ताव स्वीकृत गरेको हो । एलए ओल्मपिकको आयोजकले क्रिकेटसहित फ्ल्याट फुटबल, लाक्रोस, स्क्वास र बेसबल/सफ्टबल समावेश गर्न प्रस्ताव गरेको थियो […]

राजनीति

केदार कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

२६ असोज, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् […]

समाज

तीनकुने सामूहिक हत्याका आरोपीको बयान : बहिराप्रति विभेद गर्दा थप ९ ठाउँ मान्छे मारेको छु

२६ असोज, काठमाडौं । तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु […]

अर्थ मुख्‍य समाचार

ओझेलमा पर्दै स्थानीय सीप

२६ असोज, ढोरपाटन ।पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । ‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला […]

राजनीति

टेरामक्स परियोजना सम्बन्धी अहिलेसम्म भएका सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन

२६ असोज, काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको बैठकले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजना सम्बन्धि सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो। बैठकमा समितिले गरेको निर्णय सुनाउँदै लेखा समिति सभापति […]

समाज

‘पब्जी गेममा जस्तै प्यारासुटबाट आतंकवादी आए र गोली चलाए’

२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २:४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी […]

समाचार समाज

इजरायलबाट फर्किएका धनबहादुर चौधरीले भने : धन्न बाँचे !

२६ असोज, काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् । आक्रमणमा […]

समाज

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी फर्किए

२५ असोज, काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति ३ बजे काठमाडौँ आइपुगेको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान […]

राजनीति

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

२५ असोज, काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिलाई पूर्वराष्ट्रपति यादवको आग्रह : ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्नुहोस्

२५ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् । पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवम कृषि विज्ञहरुसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति पौडेललाई भेटेर […]

मुख्‍य समाचार राजनीति

परराष्ट्र मन्त्रालयले भन्यो : मोदीको कालापानी भ्रमणबारे ध्यानाकर्षण भएको छ

२५ असोज,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् । उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने […]

मुख्‍य समाचार राजनीति

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी जारी

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजी जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताइन् । उनले भनिन्, ‘विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न […]