१ भाद्र २०८३, सोमबार
समाचार समाज

नवरात्रको पाँचौँ दिन विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना

२ कात्तिक, काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन स्कन्दमाताको षोडशोपचारले पूजा आराधना गर्ने वैदिक सनातनी नियम छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा […]

अर्थ मुख्‍य समाचार समाज

तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ

२ कात्तिक, गण्डकी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज-मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । ‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क […]

मुख्‍य समाचार समाचार समाज

दशैंमा मौसम सफा रहने

२ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने […]

सूचना प्रविधि

एक्समा खाता खोल्न अब पैसा तिर्नुपर्ने !

२ कार्तिक, काठमाठौं । सोसल मिडिया प्लाटफर्म एक्समा नयाँ अकाउन्ट खोल्नका लागि अब निकट भविष्यमै शुल्क तिर्नुपर्नेछ । एक्स कम्पनीका मालिक एलन मस्कले एक लाइभ स्टिमिंगका क्रममा यस्तो खुलासा गरेका हुन् । एक्सलाई सबै प्रयोगकर्ताका लागि एउटा सशुल्क प्लाटफर्मको रुपमा तयार पार्नेतर्फ अघि बढिरहेको उनले बताएका छन् । उनका अनुसार एक्सले एउटा नयाँ कार्यक्रम दुईवटा […]

मुख्‍य समाचार समाचार समाज

विस्थापित हुने चिन्तामा जलारी समुदाय

२ कात्तिक, पोखरा (कास्की) । सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुख्र्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्ख्यौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएको हो । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटरलाई कायम गर्दै छ महिनाभित्र मापदण्डभित्रका घर […]

मुख्‍य समाचार समाज

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

२ कात्तिक, ललितपुर । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । […]

अन्तर्राष्ट्रिय फिचर (Main Feature) समाचार समाज

इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् : १. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित […]

मुख्‍य समाचार समाज

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि […]

खेलकुद

हङकङमाथि नेपालको ६ विकेटको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मूलपानी क्रिकेट मैदानमा […]

राजनीति

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा

२ कात्तिक,काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले भने, ‘निर्वाचन अगाडी गठबन्धन नगर्ने […]

समाचार समाज

मेलम्चीको मुहान ७०० मिटर सारिने, अस्थायी प्रबन्धको काम दशैंपछि

२ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्र्नुपर्ने निष्कर्ष निकालिएको छ । […]

खेलकुद

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले […]