१ भाद्र २०८३, सोमबार

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

८ कात्तिक, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । […]

समाज

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं […]

समाज

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइदै

७ कात्तिक, काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ […]

समाचार समाज

आज मौसम सफा सफा रहन्छ : माैसम विद्

७ कात्तिक, काठमाडौं । दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा […]

खेलकुद

तेस्रो मलिथम फुटबल च्याम्पियनशिपको उपाधि लक्ष्मीपुर एफसीलाई

६ कार्तिक, उदयपुर । स्व. चित्रकुमारी चौधरी (लिम्बु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप– २०२३ को उपाधि लक्ष्मीपुर फुटबल क्लबले जितेको छ । सोमबार उदयपुरको थरुहट रंगशालामा सम्पन्न तेस्रो मलिथम फुटबल च्याम्पियनशिपको फाईइनल खेलमा रातापानी फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै लक्ष्मीपुर एफसीले उपाधी जित्न सफल भएको हो । उपाधीसँगै लक्ष्मीपुर एफसीले ३५ हजार […]

समाचार समाज

टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा

६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन […]

समाज

दशैंमा काठमाडौँका सडक सुनसान

६ कात्तिक, काठमाडौँ। बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो । घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो […]

खेलकुद

नेपाल ५ विकेटले विजयी

६ कात्तिक, काठमाडौँ। राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए […]

मुख्‍य समाचार समाचार समाज

सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्‍ने

६ कात्तिक, सिरहा । सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्‍ने भएको छ । सोमबार आश्विन शुक्ल पक्ष नवमी तिथिको शुभ साइतमा लहानको सिंगराही बैठारमा सामुदायिक भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले गरेका हुन् । भवन पाँच तले बन्‍ने  भवनमा सभा हल, लज, धर्मशालाको सेवा सुविधा […]

समाज

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

६ कात्तिक, टिकापुर । टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’, उहाँ भन्नुहुन्छ, ‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका […]

समाचार समाज

पाल्पा जीप दुर्घटनाका ६ जना मृतकको पहिचान खुल्यो

६ कात्तिक, पाल्पा । रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका-२ बस्ने […]

समाज सूचना प्रविधि

मोबाइल टावरहरूमा विद्युतीय विकिरण मात्रा नापिंदै

६ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिने हेतुले विकिरण मापन गर्ने तयारी गरिएको हो । विभिन्न शहरी तथा ग्रामीण क्षेत्रका मोबाइल टावरको उपकरणको रेडियो फ्रिक्वेन्सीले उत्सर्जन गरेका विद्युतीय विकिरण […]