७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्‍ने

६ कात्तिक, सिरहा । सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्‍ने भएको छ ।

सोमबार आश्विन शुक्ल पक्ष नवमी तिथिको शुभ साइतमा लहानको सिंगराही बैठारमा सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले गरेका हुन् ।

भवन पाँच तले बन्‍ने  भवनमा सभा हल, लज, धर्मशालाको सेवा सुविधा उपलब्ध हुने  थारू सामुदायि सेवा केन्द्र लहान, सिरहाका अध्यक्ष रामस्वरुप चौधरीले बताए । उनका अनुसार थारू सांस्कृतिक, ऐतिहासिक र धार्मिक केन्द्रलगायतका कार्यक्रम हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्