३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ । न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै […]

समाचार समाज

मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

८ पुस, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर […]

राजनीति

गणतन्त्रको विरोधमा लाग्नेहरु विरुद्ध एकजुट हुनुपर्छ : देउवा

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए । सभापति देउवाले आफूले नख्खु जेलमा […]

मुख्‍य समाचार सूचना प्रविधि

आठौ संस्करणको आइसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड र सातै प्रदेशका स्टार्टअपलाइ सम्मान

८ पुस, काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा भव्यताको साथ सम्पन्न भएको छ । एक दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाई […]

अर्थ मुख्‍य समाचार

विश्वबहादुर अधिकारीको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

८ पुस, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

८ पुस, चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ । घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा यसले प्रत्यक्षरुपमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढाउने देखिएको छ । सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिने भए पनि घाँसे मैदानको व्यवस्थापनजस्ता […]

मुख्‍य समाचार राजनीति

ट्रंकलाइन विवादमा उद्योगको लाइन काट्नु गलत : केपी ओली

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्न नहुने बताएका छन् । आइतबार एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित कार्यक्रममा ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि ज्ञापन पत्र दिएको भन्दै यो विषय उठाएका हुन् । उनले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि […]

मुख्‍य समाचार

वीरमा क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी सञ्चालनमा, दैनिक ३० जनालाई सेवा दिइने

८ पुस, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत जानकारी दिए । टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो […]

मुख्‍य समाचार

धनगढीको जग्गा प्लटिङ कार्यविधीविरुद्ध सर्वोच्चमा रिट दायर

८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्च अदालतमा रिट दायर भएको छ । उपमहानगरपालिकाले ल्याएको कार्यविधीविरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त कार्यविधी खारेज सम्बन्धी परमादेश माग गर्दै दायर […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती

८ पुस, काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान […]

मुख्‍य समाचार समाचार समाज

सन्दीपको मुद्दा शिशिरराज ढकालको इजलासमा

८ पुस, काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश […]

मुख्‍य समाचार राजनीति

बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

८ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।