३१ श्रावण २०८३, आईतवार
समाचार समाज

भारत र रुसबीच कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता

११ पुस, काठमाडौं । भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ । यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे जानकारी दिएका हुन् । पाँच दिने रुस भ्रमणमा रहेका जयशंकरले रुसका उपप्रधानमन्त्री डेनिस मन्तुरोफसँग भएको भेटवार्तापछि भारतीय […]

राजनीति समाचार

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

११ पुस, काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । भ्रष्टाचारको […]

समाचार समाज

९ घरको झ्याजेटोलमा तरकारीबाटै ७० लाख आम्दानी

११ पुस, भेरीगङ्गा (सुर्खेत) । दैलेख गुराँस गाउँपालिका-८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गर्छन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल भएका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् । […]

सम्पर्कमा नरहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

११ पुस, काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ । आफूखुसी कार्यालयमा […]

समाचार समाज

समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

११ पुुस, काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको […]

बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्याे

११ पुस, जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार […]

राजनीति

चालु खाता बचतमा रहनु र मूल्य वृद्धि नियन्त्रण गन्न सक्ने उपलब्धि हो : प्रधानमन्त्री

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कयौं वर्षपछि चालु खाता बचतमा जानु सरकारको गन्न सकिने उपलब्धि भएको बताएका छन् । वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नामममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलन करिब १५० अर्बले सकारात्मक रहनु र विगत कयौं वर्षदेखि घाटामा रहेको चालु खाता समेत बचतमा रहनु सरकारको गन्न सकिने […]

मुख्‍य समाचार समाचार समाज

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

१० पुस, भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो […]

योमरी पूणिर्मा (यःमरी पुन्ही)

१० पुस, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । मंगलबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे । उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ । यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो […]

समाचार समाज

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

१० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । ‘बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ […]

समाचार समाज

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

१० पुस, काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । गत चैतमा गठित समितिको हालसम्मको […]

मनोरन्जन

सम्झन्छु म तिमीलाई भन्दै आए रबिन र सोफी

९ पुस, काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक […]