१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’

काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ । डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो । आज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती हो र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् । आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशबाट देशमा सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन कायम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो । विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि शुरू हुनेछ । कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ, २७ पुसः आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २७ पुसः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल एकिकरणका योद्धा, वीर पुर्खा, महान् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँः उपराष्ट्रपति

काठमाडौँ, २७ पुसः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिएका छन । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई अन्त्य […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

थारू समुदायको ढुम्री नाच लोप हुँदै

तुलसीपुर दाङ, २७ पुसः थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो । यो हाम्रो संस्कार हो, थारू अगुवा आशाराम […]

बागमती मुख्‍य समाचार समाचार समाज

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक, २७ पुसः मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनी मख्ख छन । सापकोटा भन्नुहुन्छ, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ । करिब चार रोपनी बारीमा काउली […]

मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा मागअनुसार खानेपानी आपूर्ति छैन

जनकपुरधाम, २७ पुसः खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् । संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन् । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई […]