१७ असार २०८३, बुधबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो

तुलसीपुर दाङ, २७ पुसः माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो । माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको […]

मधेश मुख्‍य समाचार समाचार

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

धनुषा, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित ¥याली सुरु भएको हो । र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ […]

मनोरन्जन मुख्‍य समाचार लुम्बिनी समाचार

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

बाँके । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो । थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल

काठमाडौं । शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको […]

कोशी मुख्‍य समाचार समाचार समाज

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन, २७ पुस बर्दघाट–सुस्ता पश्चिमः पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न थालेका छन् । वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्ने उद्देश्यसहित मौसमी तथा बेमौसी तरकारी खेती सुरु गरेको सरावल […]

बागमती मुख्‍य समाचार समाचार

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य पनि […]

पर्यटन बागमती मुख्‍य समाचार

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा सिन्धुपाल्चोक, २७ पुस : यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री […]

कोशी मुख्‍य समाचार समाचार

इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको […]

बागमती मुख्‍य समाचार समाचार

इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् । इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, […]

बागमती मुख्‍य समाचार समाचार

इक्यान संस्था मात्र नभई मेरो लागि एउटा परिवार हो : लक्ष्मण पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् । शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए । पौडेलले आफ्नो अनुभव साझा गर्दै […]

बागमती मुख्‍य समाचार समाचार

क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

काठमाडौं । क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ । विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित […]