जिल्ला निर्वाचन कार्यलय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने संसदीय समितिको निर्णय
२९ जेठ, काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यलय खारेज गर्ने विषयमा गृहमन्त्रीलाई बोलाएर सोध्ने निर्णय गरेको छ । सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल पार्वतीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयका बारेमा उठेका समग्र विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने बताइन्। गृहमन्त्रीको समय […]











