२६ बैशाख २०८१, बुधबार
जीवनशैली

चुरोट र सुर्तीको कर नेपालमा दक्षिण एसियामै थोरै, किन बढाउँदैन सरकार ?

२४ जेठ, काठमाडौं । आलु, प्याज, तेल लगायत दैनिक उपभोग्य सामानमा समेत जनतासँग कर असुलिरहेको सरकारले मानव स्वास्थ्यमाथि गम्भीर असर गर्ने सुर्ती तथा चुरोटमा भने विगतदेखि नै न्यून कर लगाउने गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटन मन्त्री सुदन किराँतीबीचको विवादमा नेपाल बायुसेवा निगम काण्ड जोडिएको छ । बजेट आउनु अघि एक कार्यक्रममा मन्त्री किराँतीले नेपाल बायुसेवा निगमको एमडी नियुक्तीका लागि आफुलाई ३ करोडको घुस अफर आएको बताएका थिए ।

मन्त्री किराँतीले कालो सिसा भएको गाडीमा एक जना बिचौलियाका घरमा पुगेर ८४ ब्याञ्जन खाएको समेत बताएका थिए । टोकन मनीका रुपमा एक करोड, काम भएको एक हप्ताभित्र अर्काे एक करोड र एक महिनाभित्र थप एक करोड गरि ३ करोड रुपैयाँ दिने अफर गरेको बताएका थिए ।

मन्त्री किराँतीले सस्तो लोकप्रियताका लागि जे पनि बोल्न थालेको भन्दै उनीसँग प्रचण्ड त्यतिबेला नै क्रुद्ध बनेको स्रोत बताउँछ । मन्त्री किराँतीले आफू मन्त्री बनेको सातौं दिन ती बिचौलियाले आफूलाई घरमै बोलाएर ८४ ब्याञ्जन खुवाएको र बन्द कोठामा लगेर घुस अफर गरेको बताएका थिए ।

उनले घुस अफर गर्ने को हुन् भन्ने तथ्य भने अहिले नखुलाउने बताएका थिए । घुस स्वीकार गरेर एनएसीमा नयाँ एमडी नियुक्त नगरेपछि आफूलाई हटाउने खेल सुरु भएको आरोप पनि लगाए । उनले आवश्यक परेमा आफूलाई घुस अफर गर्नेको टेलिफोन डिटेल र आवाजसमेत सार्वजनिक गर्न सक्ने बताएका थिए ।

उनले घुस अफर स्विकार गरेर बायुसेवा निगममा नयाँ एमडी नियुक्त नगरेपछि आफुलाई हटाउने चलखेल सुरु भैसकेको पनि बताएका थिए । मन्त्री किराँतीले आफुसँग घुस दिन खोज्नेहरुको अडियो समेत सुरक्षित रहेको बताएका थिए । आवश्यक परेको खण्डमा आफुले प्रमाण समेत सार्वजनिक गर्ने मन्त्री किराँतीको भनाई थियो ।

`

प्रतिक्रिया दिनुहोस्