२४ कार्तिक २०८२, सोमबार
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताएका हुन् ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ’ अध्यक्ष नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’

नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताए । ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं । यो सरकार ढल्न दिनुहुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ’ उनले भने ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा रहेको अखण्ड भारतको नक्शाबारे टिप्पणी गर्दै भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको दर्शनमा गएको विषयमा अध्यक्ष नेपालले कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको टिप्पणी गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

यो वर्ष विपद्‌का कारण १२ लाख नागरिक प्रभावित हुने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ ।