३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुखको आकस्मिक बैठक

१४ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रालय स्रोतका अनुसार, अहिले मन्त्रालयमा चलिरहेको बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

गजल उस्ताद पंकज उदासको निधन

१४ फागुन, काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गजल ‘चिठी आई है’बाट उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

१४ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । उनीहरुको […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

१४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् । आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पीडित आफै अदालत जान पाउछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम २ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता हुने

१४ फागुन, काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कि त संघीयता फिर्ता गर्नुपर्यो नत्र प्रहरी समायोजन नगरी हुँदैन : गृहमन्त्री श्रेष्ठ

१४ फागुन, काठमाडौं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको गृहकार्य अगाडि बढिसकेको बताएका छन् । ‘गृह मन्त्रालयले समायोजन समितिको घोषणा गरिसकेको छ । त्यो समितिले अहिले गृहकार्य गरिरहेको छ– कुन प्रक्रियालाई कति समय लाग्छ ? हामीले प्रक्रियामा लाग्ने समय बाहेक एक दिन पनि बढी समय लान चाहन्नौं, समायोजनमा गयौं’ सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको छ । ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । […]

मुख्‍य समाचार समाचार समाज

संसद् भवन परिसरबाट पक्राउ परे लघुवित्त पीडित

१४ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । ‘भित्रबाट बोलाएको भन्दै दुई/तीन जना छिरेछन्, पछि अरु पनि छिरेको भन्ने आएको छ’, एआईजी थापाले अनलाइनखबरसँग भने, ‘के भएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसद भवनमा परिसरमै प्रवेश लघुवित्तका ऋणीहरु

१४ फागुन, कांठमाडौं । लघुवित्तका ऋणीहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

नेविसंघको पहिलो केन्द्रीय समिति बैठक विवादमा

१४ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक नै विवादमा परेको छ । नेविसंघले १५ फागुनमा ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ राखेको छ । तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठक नै विवादमा परेको छ । सम्मान कार्यक्रम समेत राखिएकाले पार्टीबाट प्रमुख अतिथि बनाएर सभापति शेरबहादुर देउवालाई आमन्त्रण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अख्तियारले डामेका, आयोगले पोलेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता बोक्नेलाई घर पठाऔं : गगन थापा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेका, आयोगले पोलेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता बोक्नेलाई घर पठाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले बोल्दै भने, ‘अख्तियारले डामेको, आयोगले पोलेको, सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घरु पठाइदिऔं ।’ उनले विवादित व्यक्तिहरूलाई अनुसन्धानका लागि संसद्‍बाट बिदाइ गरेर […]