३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

संसदको ओज दिन प्रतिदिन घटिरहेको छ : पूर्वसभामुख सापकोटा

१५ फागुन, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संघीय संसद र सांसदहरुले आफ्नो मर्यादा कायम राख्न नसकेको बताएका हुन् । ‘संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेक कोर्षमा स्तर […]

राजनीति समाचार समाज

अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटोमा छ : पूर्वसभामुख ढुंगाना

१५ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटो बनेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लोकप्रिय र जनसेवीले चुनाव लड्नै नसक्ने र पैसावालालाई उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताएका हुन् । ‘दलमा भ्रष्टाचार टिकट बेच्नमा सुरु भइसकेको छ । यो […]

राजनीति समाचार समाज

सम्पत्ति शुद्धीकरणको आरोपमा सिंह दोषी ठहर

१५ फागुन, काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो […]

राजनीति समाचार समाज

गैरआर्थिक भ्रष्टाचारको अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

१५ फागुन, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बेठकले यस्तो निर्देश गरेको हो । ‘आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने, गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्यसम्पादन गर्नसमेत समितिको बैठक अख्तियार दुरुपयोग […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि, सत्य-स्वरुपले दिए दागबत्ती

१५ फागुन, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिए । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित

१५ फागुन, रामेछाप । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् । यसअघि प्रतिलिटर रु ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर रु ५४  मा झरेकाले किसान चिन्तित बनेका हुन् । जिल्लामा हिजोआज सदरमुकाम पेरीफेरीमा […]

समाचार समाज

सिंहदरबार र बानेश्वरमा आसपास फुटपाथमा हिँड्न निषेध

१५ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा पनि कडाइ गरिएको हो । सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास हिँड्न रोक त लगाइएको छैन, तर समूहमा […]

राजनीति समाचार समाज

स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छः मन्त्री बस्नेत

१५ फागुन, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् । मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको […]

मुख्‍य समाचार समाचार समाज

पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

१५ फागुन, धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको […]

मुख्‍य समाचार समाचार समाज

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

१५ फागुन, काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन । उनको ८६औं जन्मजयन्ती […]

मुख्‍य समाचार समाचार समाज

आज मगर एकता दिवस, नवलपरासी पूर्वका ८ वटै पालिकामा सार्वजनिक बिदा

१५ फागुन, मध्यविन्दु (नवलपरासी) । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

टी-२० त्रिकोणात्मक शृङ्खला : विश्वकप तयारीको सुरूवात

१५ माघ, काठमाडौं । नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ । […]