ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको छ : प्रचण्ड
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् । बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुबै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुबै सरकारले एकै चोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताएका हुन् । […]











