८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ, २ पुस : यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् । चिनियाँ दूतावासका अनुसार सुखी समुदाय परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो । चिनियाँ राजदूत छन सङले […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौँ, २ पुस : अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन । मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गरे । अर्थमन्त्रीले विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल […]

बागमती मुख्‍य समाचार समाचार

पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने विषयमा विमती छैन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

जनकपुर । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ । मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार (हिजो) मात्रै मन्त्रिपरिषद विस्तार गरेर दुईजना नयाँ मन्त्री नियुक्त गरिएको छ भने विना विभागीय […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौँ, २ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी, २ पुस :  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सस्थाले जनाएको छ । समृद्ध नेपाल […]

मधेश मुख्‍य समाचार समाचार समाज

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा, २ पुसः लहान नगरपालिका १५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको सङ्कट झेल्दै आएका छन् । चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ । करिब ३५ दलित घरपरिवार रहेको यस बस्तीका बासिन्दा वाषिक झण्डै छ महिना टाढाटाढाबाट घण्टौँ लगाएर पानी बोक्न बाध्य छन् […]

कोशी मुख्‍य समाचार समाचार समाज

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

कास्की, २ पुस ः पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो । महानगर प्रमुख धनराज आचार्यले अभिलेख […]

गण्डकी मुख्‍य समाचार समाचार

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ, २ पुसः माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ२ स्थित नामासुङ र न्यानोल गाउँमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले महाधिवेशनका प्रतिनिधिहरु भन्छन् : पार्टी रुपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । विद्युतीय मतदान उपकरणमार्फत मतदानको अन्तिम तयारी भइरहेको छ । एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरु आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ । अध्यक्षका उम्मेदवार […]

बागमती मुख्‍य समाचार समाचार

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति

काठमाडौँ, २ पुसः अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, […]

बागमती मुख्‍य समाचार समाचार

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौँ, २ पुसः पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा […]