२ चैत्र २०८२, सोमबार
बैंक–वित्त

नेम्वाङको भोलि पशुपतिमा अन्त्येष्टि गरिने

२७ भदौ, काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति […]

समाज

आफै असईको फुली लगाएपछि नगर प्रहरीका ४२ हवल्दार निलम्बित

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बनमा परेका छन् । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो । महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका […]

मुख्‍य समाचार राजनीति

२०८२ मंसिरभित्र महाधिवेशन गरेरै छाड्छौं : गगन थापा

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन् । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र […]

राजनीति समाज

गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमै पढाउनुपर्ने प्रस्ताव

२७ भदौ, काठमाडौं । सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र ंअंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा […]

समाज

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो । हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था छ । हाल प्राथमिक, निम्न […]

समाज

ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख […]

समाज

शिक्षकलाई अभिभावकबाट उपहार वा सहयोग लिन रोक

२७ भदौ, काठमाडौं । विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्ने गरी शिक्षक र शिक्षकको परिवारका सदस्यले समेत अभिभावकहरुबाट सापटी वा सहयोग लिन नपाउने गरी कानुनी मस्यौदा तयार भएको छ । सहयोग वा सापटी लिनै पर्ने भए स्थानीय तहको स्वीकृती लिनु पर्ने छ । ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा ७५ […]

मुख्‍य समाचार

शिक्षकलाई प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध, अरू के के गर्न हुँदैन ?

२७ भदौ, काठमाडौं । शिक्षकले प्रदर्शन गर्न, बन्द हडताल गर्न र भाग लिन नपाउने भएका छन् । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कुनै तरिकाबाट बालबालिकाको पढ्‍ने अधिकारमा बाधा पुर्‍याउन वा सो कार्य गर्ने उद्देश्य अरुलाई उक्साउन समेत हुदैँन भन्‍ने व्‍यवस्था गरिएको छ । विधेयकको प्रस्तावमा भनिएको छ, ‘ शिक्षकले प्रदर्शन गर्न, बन्द […]

समाज

राहत शिक्षकले मौका परीक्षा दिन पाउने, फेल भए आर्थिक सुविधा

२७ भदौ, काठमाडौं । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । सरकारले राहत शिक्षकका लागि उमेर हद नलाग्ने गरी विद्यालय शिक्षा विधेयक ल्याएको हो । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा राहत शिक्षकलाई स्थायी […]

राजनीति

अभिभावकलाई मात्रै विद्यालय व्यवस्थापन समितिको नेतृत्व

२७ भदौं, काठमाडौं । सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ । संघीय संसद सचिवालयमा बुधबार दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने व्यवस्था गरिएको उल्लेख छ । विधेयकमा विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव छ । […]

मुख्‍य समाचार समाज

शिक्षक सरूवाको अधिकार स्थानीय तहलाई

२७ भदौ, काठमाडौं । सरकारले शिक्षकको सरूवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा […]

मुख्‍य समाचार राजनीति

विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता (विधेयकसहित)

२७ भदौ, काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् । प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी […]