१ चैत्र २०८२, आईतवार
राजनीति

प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला 

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरु झस्किएका छन् । नेताहरुका अनुसार आम चुनावभन्दा अगाडि नै माओवादी […]

प्रदेस समाचार राजनीति लुम्बिनी

संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ : मुख्यमन्त्री चौधरी

३ असोज, दाङ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको बताएका हुन् । ’संघीयता फेल भयो भने केन्द्र […]

राजनीति

देउवालाई भेटेर शेखरले : आजदेखि कोर्स करेक्सन गर्नुस्, नत्र हामी आफ्नै तरिकाले अघि बढ्छौं

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । देउवासँगको भेटमा […]

समाज

काठमाडौंमा शिक्षकहरुको शक्ति प्रदर्शन

३ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका […]

राजनीति विचार

गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तक्र्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् । नेपालमा ३ असोज २०८० मा गणतान्त्रिक संविधान जारी भएको आठ वर्ष पूरा हुँदैछ । नेपालको संविधान विकास क्रम, संविधानको अन्तरवस्तु र संविधानको […]

मुख्‍य समाचार समाज

बीपी साहित्य महोत्सव : २६ भदौमा स्थगित कार्यक्रम आज, आजै समापन

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदैछ । महोत्सव आजै समापन हुनेछ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ […]

मुख्‍य समाचार समाचार समाज

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

३ असोज, काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् । संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र […]

राजनीति

संविधान राजनीतिक इतिहासमा ऐतिहासिक उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

३ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

३ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

३ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन् । मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन् । न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारी अनुसार भेटका अवसरमा […]

समाचार समाज

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भोलिदेखि, भाडा कति ?

३ असोज, काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ । उदघाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर […]

मुख्‍य समाचार राजनीति

संविधान संशोधन गर्न हतार गर्न हुन्न : केपी ओली

२ असोज, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा […]