१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

चिकित्सकलाई गृह सचिवको आग्रह : सर्वसाधारण लक्षित आन्दोलन नगर्नुस्

१२ असोज, काठमाडौं । गृह सचिव दिनेश भट्टराईले आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरुलाई आग्रह गरेका छन् । मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताए । चिकित्सकहरु सडकमा आएको ६/८ घन्टाभित्र मुख्य मुद्दा […]

मुख्‍य समाचार समाचार समाज

दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला

११ असोज, कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा […]

मुख्‍य समाचार राजनीति

त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न फरार आरोपी पक्राउ

११ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न एक फरार आरोपी पक्राउ परेका छन् । २० असोज २०७७ मा विश्वविद्यालय परिसरमा भएको कुटपिटमा संलग्न मध्ये सयुस श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कुटपिटमा संलग्न ५ जना ससअघि नै पक्राउ गरेर धरौटीमा छुटेका […]

मुख्‍य समाचार सूचना प्रविधि

अन्तरिक्षमा ३ सय ७१ दिन बिताएर फर्किए तीन अन्तरिक्षयात्री, बन्यो नयाँ किर्तिमान

११ असोज, काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३ सय ७१ दिन बिताएर दुई रुसी तथा एक अमेरिकी अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् । सोयुज एमएस २३ क्याप्सुल मार्फत् नासाका अन्तरिक्षयात्री फ्रांक रुबियो तथा रुसी अन्तरिक्षयात्री सर्गेई प्रोकोपियेभ र दिमित्री पेतेलिन पृथ्वीमा फर्किएका हुन् । उनीहरु चढेको क्याप्सुल सेप्टेम्बर २७ मा कजाकिस्तानको मरुभूमिमा सुरक्षित रुपमा अवतरण भएको […]

सूचना प्रविधि

एआईका लागि आणविक उर्जा प्रयोग गर्दै माइक्रोसफ्ट

११ असोज, काठमाडौं । अमेरिकी आइटी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स तथा डेटा सेन्टरका लागि आवश्यक पर्ने उर्जा आपूर्तिका लागि नयाँ पुस्ताको आणविक भट्टीको प्रयोग गर्ने भएको छ । माइक्रोसफ्टले सुचीकृत गरेका नयाँ रोजगारीहरुको विवरणले त्यस्तो संकेत गरेको हो । नयाँ रोजगारीको विवरण अन्तर्गत एकजना यस्ता उम्मेदवार पनि भर्ना गरिँदैछ जसले कम्पनीको आणविक उर्जा […]

समाचार समाज

वसन्तपुरमा इन्द्रजात्राको उल्लास

११ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ । इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमाढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइदैछ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन् । हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, […]

राजनीति

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

११ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र […]

राजनीति

माइतीघर-बानेश्वर सडकमा राहत शिक्षकहरुको नाचगान

७ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् […]

राजनीति

काठमाडौंमा डाक्टरहरुले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

११ असोज, काठमाडौं । चिकित्सकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुलाई प्रहरीले रोक्न खोजेपछि धक्कामुक्की भएको थियो । त्यसक्रममा चिकित्सकहरुले प्रहरी दमन बन्द गर भन्दै नारा लगाएका थिए । चिकित्सकहरुले यो निषेधित क्षेत्र होइन, रोक्न पाइँदैन भन्दै अवरोध नगर्न अनुरोध गरेका थिए । तर प्रहरीले उनीहरुलाई अगाडि बढ्न दिएन […]

समाज

मानव अधिकार आयोगले भन्यो : स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाऊ

११ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेका समस्याहरु सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायतका विभिन्न अस्पतालहरुमा कार्यरत […]

सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो । बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले […]

मुख्‍य समाचार समाज

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

११ असोज, गलकोट । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आउनुभएका दर्ता […]