१ चैत्र २०८२, आईतवार
समाज

माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत राख्न सांसद एकमत

१९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरू आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत राख्न एकमत देखिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले संविधानको मर्म र भावना विपरीत जान नसकिने बताए । २७ भदौ २०८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता […]

मुख्‍य समाचार राजनीति

देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : वर्षमान पुन

१९ असोज, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे । संविधान निर्माण भएको ८ वर्षपछि […]

समाज

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

१९ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका […]

राजनीति

विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो, शिक्षामन्त्रीले दुई दिनपछि जवाफ दिने

१९ असोज, काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । शुक्रबार भएको छलफलमा ८५ जना सांसदले भाग लिए । सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् । संविधानमा आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेको छ । […]

खेलकुद मुख्‍य समाचार

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९ असोज, काठमाडौँ।  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको […]

खेलकुद मुख्‍य समाचार

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो […]

राजनीति

घर पूर्ण रुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले ५० हजार रुपैयाँ राहत दिने

१९ असोज, काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएका भूकम्प पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् । यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ […]

समाज

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

१९ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी  अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो । सन् १९७२ अप्रिल २१ मा इरानको जनजानमा जन्मिएकी […]

मुख्‍य समाचार राजनीति

विद्यार्थी संगठनको अवरोधपछि त्रिवि सेवा आयोगले लिइरहेको परीक्षा स्थगित

१९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र सहप्राध्यापकका लागि आन्तरिक तथा खुलातर्फबाट पदपुर्ति गर्न लागेको थियो । १४ देखि १९ असोजसम्म दुवैतर्फको अन्तवार्ता लिने कार्यतालिका सेवा आयोगले प्रकाशित गरेको थियो । आयोगले बिहीबार (१८ असोजसम्म) का […]

समाज

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम […]

मुख्‍य समाचार राजनीति

१२ कक्षा उत्तीर्ण विद्यार्थी सीपमा पोख्त हुने नीति बनाऔँ : जनार्दन शर्मा

१९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने बताए । ‘१२ […]

समाज

२० बुँदे मागसहित स्थानीय तहका कर्मचारी छैटौं दिन पनि आन्दोलित

१९ असोज, काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक […]