१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार

नेपाल र हङकङबीचको खेल हुनुअघि मैदानमा वर्षा

‍‍३ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित हुने भएको छ ।

खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका छ । तर, हाल खेल हुने मैदानमा हल्का वर्षा भइरहेको छ । पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने देखिएको छ ।

पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ । टस नियमित समय अनुसार ११: १५ मा हुनुपर्ने हो । तर, त्यो ढिला हुनेछ ।

दुवै टोलीका खेलाडी भने मैदानमा आइपुगिसकेका छन् । ओमानमा उच्च गर्मी हुँदा वर्षा रोकिएको केही समयपछि नै खेल खेल्न सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्