१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

भूकम्पका कारण २० घर भत्किए

५ कात्तिक, धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए। पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालयका सूचना […]

अर्थ समाज

दशैंमा किसानलाई धान भित्र्याउने चटारो

५ कात्तिक, बागलुङ । नेपालीको घर आँगनमा दशैं भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दशैं मनाउनभन्दा बढी धान […]

मुख्‍य समाचार समाचार समाज

धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुदा’

५ कात्तिक, पाल्पा । वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । उनले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाएका छन् । उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका लागि […]

समाचार समाज

आज महाअष्टमी, कालरात्रिको विशेष पूजा

५ कात्तिक, काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, […]

बैंक–वित्त

इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयाे

५ कात्तिक, काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । पहिलो […]

समाज

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडकाे भुकम्प

५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, […]

थारू भाषाकाे गीत गिन गिन २काे म्युजिक भिडियाे सार्वजनिक

४ कात्तिक, काठमाडौं । थारू भाषाकाे गीत गिन गिन २ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । शुक्रबार नरेश जाेशीकाे युट्युब च्यानलबाट गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे । गीतमा अन्नु चाैधरी र नरेश जाेगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जाेगीकै रहेकाे छ । यस्त गीतकाे एरेन्ज गणेश चाैधरी, मास्टरिङ चन्द्र चाैधरीले गरेका छन् […]

समाचार समाज

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]

मुख्‍य समाचार समाचार समाज

ऋण काढेर दशैं मनाउँदै चेपाङ समुदाय

४ कात्तिक, चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैं मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् । इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले […]

खेलकुद

स्व. चित्र कुमारी चौधरी(लिम्बु) तेस्रो मलिथम फुटबल प्रतियोगिता आजबाट सुरु

३ कार्तिक, काठमाडौं । स्वर्गीय चित्र कुमारी लिम्वु (स्मृति) तेस्रो मलिथम फुटबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु भएको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । लागुपदार्थ दुर्व्यसनी विरुद्ध हाम्रो अभियान, स्वस्थ सभ्य समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताको आज उद्घाटन खेलमा लक्ष्मीपुर एफसी र ड्याडी […]

मुख्‍य समाचार समाज

कात्तिक तेस्रो साता कतारी अमिरको नेपाल आउने

३ कात्तिक, काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

राजनीति

विथोलियो एनएआरएन सम्मेलनको समापन समारोह, गएनन् प्रधानमन्त्री

३ कात्तिक, काठमाडौं । निर्वाचन परिणामलाई लिएर विवाद चर्किएसँगै गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह विथोलिएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाम विवादित बन्यो । अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र […]