११ श्रावण २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग खेल्दै

८ वैशाख, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो ।

पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै स्वत: इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन्

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्