३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसद अवरोधको विषयमा कांग्रेस र एमालेबीच आरोप प्रत्यारोप

१६ कात्तिक, काठमाडौं । संसदको कामकारबाही, प्रभावकारिता र संसदको अवरोधको विषयलाई लिएर कांग्रेस र एमालेबीच संसदमै आरोप-प्रत्यारोप भएको छ । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल संसद प्रभावकारी नभएको स्वीकार गरे […]

खेलकुद मुख्‍य समाचार

ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता

१६ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन […]

मुख्‍य समाचार राजनीति

यो संसदभन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँ : रवि लामिछाने

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे […]

मुख्‍य समाचार राजनीति

सरकारलाई एमालेको चुनौती : फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाऊ

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो […]

राजनीति

संसदको अधिवेशन अन्त्य गर्ने तयारी, रोकियो टीआरसी विधेयक

१५ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ । संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै सररकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर दुबै विधेयक पास नगरी बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी छ । बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन […]

अर्थ समाचार समाज

सरकारी कार्यालयले तिरेनन् विद्युत् महसुल, लाइन काट्दै प्राधिकरण

१५ कात्तिक, काठमाडौं । सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ । मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको छ । कारागारले १ करोड ४६ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी छ । कारागारले लाइन काट्दा रातिको […]

समाचार समाज

मानव अधिकार आयोग ए श्रेणीमै कायम

१५ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ । मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो । तर आयोगले यसबीचमा गरेका केही काम […]

समाचार समाज

लोकसेवा पास गर्नेमा गुल्मी,स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै

१५ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् । लोकसेवा आयोगका अनुसार गुल्मीपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै छन् । आर्थिक वर्ष २०७९/०८० को अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार […]

मनोरन्जन

जुवाको खालबाट कलाकार इकु र गजित विष्टसहित ९ जना पक्राउ

१४ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ । शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो । उक्त डान्स […]

मुख्‍य समाचार समाचार समाज

सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

१४ कात्तिक, काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार […]

राजनीति

संसदमा राष्ट्रसंघमा महासचिव गुटेरेसले भने : शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका छन् । मंगलबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल रहेको, संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताए । ‘शान्ति र प्रगतिको यात्रामा […]

मुख्‍य समाचार समाचार समाज

जाँडरक्सी खाएर महिलालाई दुर्व्यवहार गरेपछि डीएसपी भट्टराईमाथि छानबिन

१४ कात्तिक, काठमाडौं । मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ । ‘कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, […]