नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
काठमाडौँ, १ माघः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएका केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले […]











