७ जेष्ठ २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

कोलकातासँग हारले मुम्बई लिगबाटै बाहिरिने लगभग पक्का

२२ वैशाख, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।

कोलकाताको यो मुम्बईको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बई लिगबाट बाहिरिन अव औपचारिकता मात्रै बाँकी छ ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, ईशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।

वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

मुम्बईका नुवान थुशरा र जस्प्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितका साथ १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

समान १० खेलमा १२(१२ अंकका साथ लखनऊ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् । मुम्बई ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ ।

मुम्बईले अव तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बई १२ अंकमा मात्रै पुग्न सक्छ । तर शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनैपनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन । त्यसैले मुम्बई लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्