७ पुष २०८२, सोमबार

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक

३२ जेठ,काठमाडौँ । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ। आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा […]

बैंक–वित्त

जाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सच्याउन आदिवासी जनजाति महासंघको माग

जाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सच्याउँछौं : प्रधानमन्त्री प्रचण्ड ३१ जेठ, काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी गलत तथ्यांक सच्याउन नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटामा भेटेर राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक गरिएको राष्ट्रिय […]

बैंक–वित्त

कोशीको नीति तथा कार्यक्रम : लगानी सम्मेलन गर्ने, क्रिकेट मैदान बनाउने (पूर्ण पाठ)

३१ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने […]

समाज

एक दिन ढिलो गरी भित्रियो मनसुन

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपाल भित्रियो मनसुन नेपालका […]

समाचार

जिल्ला निर्वाचन कार्यालय खारेज खारेज हुँदैन: गृहमन्त्री श्रेष्ठ

३१ जेठ, काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन् । उनले भने, ‘चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्टरुपमा सुदृढ तुल्याइएको छ।’ राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले शान्तिसुरक्षा आम नागरिकसँग मात्र सम्बन्धित […]

समाचार

बालुवा छानेर विद्यालय खर्च जुटाउँछन् कञ्चनपुरका विद्यार्थी

३१ जेठ, कञ्‍चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छन्। प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताए । ‘परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने […]

समाचार

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

३१ जेठ, दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए । मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो […]

बैंक–वित्त

झापाको सरकारी विद्यालय : प्रत्येक कक्षामा स्मार्टबोर्ड, नर्सरीदेखि नै कम्प्युटर कोर्ष

३१ जेठ, काठमाडौं। शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ। झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ बताउँछन् । प्रधानाध्यापक श्रेष्ठका अनुसार व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना(इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा […]

विचार

भाषा संरक्षणमा एआईको प्रयोग र प्रभावकारिता

एउटा भाषामा दख्खल राख्ने व्यक्ति दोस्रो भाषा नजानेका कारण पछाडि पर्ने अवस्था अब रहदैन । सूचना प्रविधिको विकाससँगै विस्तार भएको एआईले भाषालाई रुपान्तरण गराउन सक्ने भएको छ । गुगलले नेपालीसहित विभिन्न भाषालाई अनुबाद गर्ने प्रणाली विकास गरेको छ । त्यस्तै प्रणाली विकास गर्ने दिशामा काम गर्ने हो भने देशभित्र बोलिने विभिन्न मातृभाषालाई सूचना प्रविधिका माध्यमबाट संरक्षण गरी तिनीहरुको प्रवर्द्धन गर्न सकिन्छ ।

समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष शिवराज गिरीले भने,’बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’ विवाहका लागि वडाबाट सिफारिस […]

समाचार

कोकाहा खोलाको पानी पकुवामा झरेसँगै हर्षले रोए हर्क

३१ जेठ, धरान। सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानको ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो। पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केही बेर बोल्नै सकेनन्। पानी कुरेर […]

सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केवल लगायतका तारहरु व्यवस्थित गर्ने उदेश्यले तार काट्ने काम भइरहेको हो। तर, व्यवस्थापनको नाममा काटिएका तारहरू सडक पेटीमा अलपत्र छोडिंदा त्यसले झन् दुर्घटनाको जोखिम बढाएको पैदल यात्रुहरू बताउँछन्। बानेश्वर, थापागाउँ लगायत क्षेत्रमा […]