२९ फाल्गुन २०८२, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार

पत्रकार सहदेव चौधरीको ‘चोखो माया’ बजारमा

३ पुस,काठमाडौँ। पत्रकार सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन्। चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ। प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन्। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन्। ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो। आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा […]

मुख्‍य समाचार राजनीति

बहुमत पुर्‍याउन अरु पार्टीसँग मिल्नैपर्ने बाध्यता छ : देउवा

३ पुस, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् । कांग्रेसको गण्डकी प्रदेश समितिको पहिलो सम्मेलनमा महामन्त्री गगन थापालगायतका नेताहरुले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताउँदा देउवाले भने एक्लै कुनै पार्टीले बहुमत नल्याउने जवाफ दिएका हुन् । यो संविधानअनुसार एक्लै बहुमत पुर्‍याउन गाह्रो हुने […]

मुख्‍य समाचार समाचार समाज

शेयर बिक्री प्रकरणमा सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

३ पुस, काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो । दूरसञ्चार सेवा […]

राजनीति समाज

एकीकृत समाजवादीमा ७० वर्षे उमेर हद नराख्ने, ५० प्रतिशत युवा

३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ७० वर्षे उमेर हदको व्यवस्था हटाउने तयारी गरेको छ । सचिवालय बैठकमा उमेर हदको व्यवस्थालाई स्वैच्छिक बनाउन नेताहरू सहमत भएका हुन् । ‘सक्रिय राजनीतिबाट अवकाश लिने कुरालाई स्वेच्छिक बनाउन सवै नेताहरु सहमत हुनु भएको छ’, उपमहासचिव गंगालाल तुलाधरले भने । उनका अनुसार, विधानमै राखेर बाध्यकारी बनाउन नहुनेमा नेताहरु […]

अर्थ मुख्‍य समाचार समाचार समाज

‘नेपालमै पहिलोपटक बसोबस रियलस्टेट मेला हुँदै’

३ पुस, काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । यो मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको […]

मुख्‍य समाचार राजनीति

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ : संघीय मामिलामन्त्री देवी

३ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा […]

समाचार समाज

एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

३ पुस, काठमाडौँ ।  सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनसमेतलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर रकम एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

३ पुस, ढोरपाटन (बागलुङ) ।  बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति […]

समाचार समाज

मध्यपहाडी यात्रा सकेको एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

३ पुस, विराटनगर । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब […]

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले सन्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । […]

समाचार समाज

एकीकृत समाजवादी बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश

२ पुस, काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो । पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव […]

राजनीति

अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छुः प्रस्तावित न्यायाधीश ढकाल

२ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका छन् । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित न्यायाधीश ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स(एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका हुन् । उनले भने, ‘आर्टिफिसियल इन्टेलीजेन्स्को प्रचुर मात्रामा प्रयोग हुँदै […]