२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा हात्ती आतंकले मजदुरको गाँस खोसियो

१५ पुस, महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ । ‘हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब […]

अर्थ बागमती मुख्‍य समाचार

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

१५ पुस, चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ । इच्छाकामनामा उत्पादन भएका सुन्तला […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विदा दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

१५ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो […]

राजनीति समाचार समाज

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

१५ पुस, काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् । ‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश […]

समाचार समाज

जाडोले जाजरकोटका भूकम्पपीडित समस्यामा

१५ पुस, जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कपमा सुदूरपश्चिमले दोस्रो एलिमिनेटर खेल्ने

१५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले […]

मुख्‍य समाचार समाचार समाज

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

१५ पुस, जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक […]

मुख्‍य समाचार समाचार समाज

अबदेखि स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी आवश्यक नपर्ने

१५ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि समेत ल्याएको छ । शुत्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध भएको […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले फेरि थप्यो भ्रातृ संस्थाको अवधि

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि छ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद […]

मुख्‍य समाचार राजनीति

लुम्बिनीका संसदीय समितिको चुनाव स्थगित

१५ पुस, बुटवल । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार दाङको देउखुरीमा बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको […]

मुख्‍य समाचार समाचार समाज

टुँडीखेलमा तमु ल्होसारको रौनक

१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं उपत्यका र उपत्यका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख

१५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताए । उनले […]