८ पुष २०८२, मंगलवार
राजनीति

कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग

३० असार, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ […]

समाज

झापाको गौरीगञ्जमा बाढीले सीमा स्तम्भ बगायो

३० असार, झापा। झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले […]

समाज

देशैभर धान रोपाइँ आधा सकियो, गत वर्षभन्दा १२ प्रतिशत कम

३० असार, काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यस वर्ष २९ असारसम्म ७ […]

समाज

साउन १ देखि सबै सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

३० असार, काठमाडौं । सरकारले आगामी १ साउन ‍गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । ‘अलाकार्ट’ शुल्क प्रणालीका लागि मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको सरकारले जानकारी दिएको हो । भारतीय सःशुल्क (पे) टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न […]

राजनीति

जनतासँग गरेका बाचा ५ वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का

३० असार, काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताए । गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन […]

राजनीति

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

३० असार, काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश […]

अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लूले काठमाडौं ओर्लिएसँगै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका लू काठमाडौं आइपुगेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र स्रोतका अनुसार साढे ४ […]

समाज

सुनसरीमा बाढीले प्रहरी चौकी डुब्यो, सिंघियाका कारण ३ परिवार विस्थापित

२९ असार, विराटनगर । अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढीका कारण डुवान भएको छ । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकी डुबानमा परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले डुबान भएपछि प्रहरीले प्रहरी […]

समाज

‘काँडे भ्याकुर’ पाइने सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

२९ असार, गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका […]

समाज

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

२९ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते […]

समाज

महोत्तरीको बिजलपुरामा आइतबारदेखि रेल चल्ने

२९ असार, वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल […]

समाज

कोसी ब्यारेजको पुलबाट सप्तकोशीमा ट्रक खस्‍यो, ३ जनाको जीवितै उद्धार

२९ असार, सप्तरी। सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र […]